+

जय ट्रफीमा सोमबार दोस्रो दिनको खेल सुरू

२०८१ पुष  २२ गते ९:२६ २०८१ पुष २२ गते ९:२६
जय ट्रफीमा सोमबार दोस्रो दिनको खेल सुरू

२२ पुस, काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत सोमबार दोस्रो दिनको खेल सुरू भएको छ ।

पर्साको वीरगन्जमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा धनुषाको जनकपुरमा बागमती प्रदेश र मधेश प्रदेशबीच दोस्रो दिनको खेल सुरू भएको हो ।

अग्रताबाट १८ रन मात्र पछाडि रहेको पुलिसले ७ विकेटको क्षतिमा १०३ रनको अवस्थाबाट खेल सुरू गरेको छ । गुल्शन झा र प्रेम तामाङमा क्रिजमा छन् । आर्मीका साहब आलमले ५ विकेट लिँदा सोमपाल कामी र पवन कार्कीले १-१ विकेट लिएका छन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी मध्यम योगफलमा सीमित भएको थियो । आर्मी ३४.४ ओभरमा १२१ रनमा समेटियो । कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए ।

पुलिसका ललित राजवंशी एक्लैले सात विकेट लिए । ललितले १७.४ ओभरमा ४७ रन दिएर ७ विकेट लिएका हुन् । त्यस्तै कुशल भुर्तेल, सर्वन यादव र राशिद खानले १-१ विकेट हात पारे । ललितले सन्तोष कार्की, तृतराज दास, सोमपाल कामी, बसिर अहमद, विवेक यादव, शाहब आलम र आकाश चन्दको विकेट लिएका थिए ।

त्यसैगरी जनकपुरमा भइरहेको बागमती प्रदेश र मधेश प्रदेशबीचको अर्को खेलमा बागमतीले १३ ओभर खेल्दा २ विकेट गुमाएर ३४ रनको अवस्थाबाट खेल सुरू गरेको छ । बागमतीका शुभ कंसाकार २२ तथा इशान पाण्डे ९ रन बनाएर क्रिजमा छन् । मधेशका रुपेश सिंह र विशाल पटेलले १-१ विकेट लिएका छन् ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको मधेशले ३५.२ ओभरमा अलआउट हुँदै १०२ रन बनाएको थियो । मधेशका मयन यादवले सर्वाधिक २१ रन बनाए । बागमतीका सन्दीप लमािछानेले ५ विकेट लिँदा सुर्य तामाङले ३ विकेट तथा नन्दन यादव र प्रतिश जिसीले १-१ विकेट लिए ।

जय ट्रफी एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय