+
+

सिन्धुलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते १२:३८

२२ पुस, सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ जखौलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

ना.३ च ५९७६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा सोही गाडीमा सवार स्थानीय २० वर्षीय कैलाश राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २ जनाको स्थानीय पोलिक्लिनिक झनझनेमा उपचार भइरहेको छ ।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?