+
+

माइतीघरमा उभिएका नेत्र चापागाईंलाई भेटिन् शिक्षामन्त्रीले

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते १४:३५

२२ पुस, काठमाडौं । शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाव दिने उद्देश्यले काठमाडौंको माइतीघरमा उभिँदै आएका नेत्र चापागाईंलाई शिक्षामन्त्री विद्या भट्टराई र प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले भेटेका छन् ।

उनीहरुले चापागाईंलाई भेटेर आन्दोलन अन्त्य गर्न अनुरोध गरेका छन् । तर चापागाईंले आफ्ना माग सम्बोधनको अडान कायम राखेका छन् ।

शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईं सातै प्रदेशमा दुई–दुई घण्टा उभिएर काठमाडौं आएका थिए । काठमाडौंमा उनी उभिन थालेको आज आठौं दिन हो । खुट्टा सुन्निएपछि उनी बैशाखीको सहारामा उभिएका छन् ।

हिजोसम्म उनी बिहान १० बजेदेखि ६ बजेसम्म उभिएका थिए । आजदेखि उभिने समय अझै बढाउने उनको योजना छ ।

ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे माग चापागाईंले राखेका छन् ।

गत जेठमा उनी काठमाडौंको माइतीघरमै १९ दिनसम्म उभिएर आन्दोलन गरेका थिए । तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले उनको माग पूरा गर्ने आश्वान दिएकी थिइन् । तर माग सम्बोधन नभएपछि उनले फेरि उभिएर आन्दोलन थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?