+

कप्तान पेम्बाको ह्याट्रिकमा संकटाको सहज जित

२०८१ पुष  २२ गते १५:१० २०८१ पुष २२ गते १५:१०
कप्तान पेम्बाको ह्याट्रिकमा संकटाको सहज जित

२२ पुस, काठमाडौं । कप्तान पेम्बा तामाङले ह्याट्रिक गरेपछि संकटा एफसीले एन्फा यू-१६ युथ लिगमा पहिलो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दिनको दोस्रो खेलमा संकटाले एफसी खुमलटारलाई ४-१ ले पराजित गरेको हो । संकटाका लागि अल्सन राईले एक गोल गरे । खुमलटारका सुर्य थापा मगरले एक गोल फर्काए ।

खेलको आठौं मिनेटमै अल्सनले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । पेम्बाले ३६औं मिनेटमा गोल गरेपछि संकटाले अग्रता दोब्बर बनायो ।

६७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ३-० को अग्रता दिलाएका पेम्बाले ७०औं मिनेटमा ह्याट्रिक पूरा गरे । खुमलटारका लागि सूर्यले ६९औं मिनेटमा एक गोल फर्काए ।

दुई खेलमा पहिलो जितपछि संकटाले ३ अंक जोडेको छ । संकटा उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेडसँग पराजित भएको थियो । खुमलटारले हारबाट युथ लिग यात्रा सुरु गरेको छ ।

एन्फा यू-१६ युथ लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय