+
+

बालविवाह विरुद्धको फिल्म ‘जुना’को दोस्रो पोस्टर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते १५:५६

काठमाडौं । बालविवाह तथा महिला हिंसाको कथावस्तुमा आधारित फिल्म ‘जुना : एक व्यथा’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकार अस्मिता ढकाल र कृष्णप्रसाद धिताललाई चित्रण गरिएको छ  ।

विवाहित अस्मिताको पात्र काखमा सन्तान बोकेर निराश भावमा कतै टोलाइरहेकी छिन् भने कृष्णको पात्र कोहीप्रति रिस व्यक्त गरिरहेको छ । पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन् । फिल्ममा देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको समेत अभिनय छ ।

नेपाली समाजमा व्याप्त महिला हिंसा, बालविवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथाविरुद्ध फिल्मका माध्यमबाट आवाज उठाइएको छ ।

आगामी माघ २५ गते रिलिज तयारीमा रहेको फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको हो । फिल्मको छायांकन पर्वतको सालिजा ओख्रेनीमा गरिएको छ । जीवन सेन्चुरी निर्देशित फिल्मलाई रामेश्वर हुमागाईंले खिचेका हुन् ।

फिल्ममा दीपकप्रसाद घिमिरेको लगानी छ । राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?