+
+

२ माघमा सत्कार दिवस मनाइँदै, देशभरिका होटल व्यवसायी सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते १७:३८

२२ पुस, काठमाडौं । रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले २ माघका दिन सत्कार दिवस मनाइने भएको छ ।

नेपाली खानाको प्रवर्द्धनसँगै होटल क्षेत्रले भोगेको समस्या उजागर गर्दै समस्या खोज्न सो दिन विशेष कार्यक्रमको आयोजना गर्न लागिएको होटल सघं नेपाल (हान) ले जनाएको छ ।

हानको स्थापनाको दिन पारेर सत्कार दिवस मनाउन लागिएको (हान) का अध्यक्ष विनायक शाहले जानकारी दिए ।

उनका अनुसार यस दिन देशभरीका होटेल संघ राजधानीमा उपस्थित हुने र आफ्नो रैथाने परिकार प्रस्तुत गर्ने उनले जानकारी दिए ।

सो अवसरमा नेपाल होटल इयरबुक समेत सार्वजनिक गरिने भएको छ । सो अवसरमा सातै प्रदेशका रैथाने खाना प्रदर्शनीमा राखिने भएको छ ।

हानले गत वर्षबाट यसरी क्यालेन्डर कार्यक्रम गर्न थालेको हो । हानको वार्षिक साधारणसभा समेत सोही दिन आयोजना हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?