२२ पुस, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि विदेशी खेलाडी र प्रशिक्षक काठमाडौं ओर्लन थालेका छन् । भारतबाट दुई प्रशिक्षक, केन्या र बंगलादेशबाट गरी पाँच जना खेलाडी नेपाल आइसकेका छन् ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा जनवरी १७ देखि हुने एनकेएलको पहिलो सिजनमा काठमाडौं ओर्लने पहिलो विदेशी आलोक सिंह बने । यी भारतीय प्रशिक्षक काठमाडौं माभरिक्सको टिम सम्हाल्न आइपुगेका हुन् । पोखरा लेकर्सले पनि भारतबाटै प्रशिक्षक भित्र्याएको छ । उसले राजाराम पेरियापुलियनलाई ल्याएको हो ।
धनगढी वाइल्डक्याट्सले अनुबन्ध गरेका केन्याली खेलाडी स्टेफेन एमोलो एडोंगो टिममा सामेल भइसकेका छन् । एनकेएलमा आबद्ध बंगलादेशका चार खेलाडी पनि त्रिभुवन विमानस्थलमा अवतरण गरिसकेका छन् ।
काठमाडौं माभरिक्सका मिजानुर रहमान, पोखरा लेकर्सका मोनिरुल चौधरी र सबुज मियासँगै धनगढी वाइल्डक्याट्सका यासिन आराफात पनि काठमाडौं आइपुगेका छन् ।
एनकेएलको पहिलो सिजनमा आबद्ध भएका १७ जना बिदेशी खेलाडीमध्ये बाँकी खेलाडीको आगमन केही दिनभित्रै हुने एनकेएलले जनाएको छ ।
प्रतिक्रिया 4