+
+

सर्वोच्चले माग्यो प्रतीक थापालाई थुनामा पठाउनुको कारण

भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतीक उच्च अदालत पाटनको आदेशमा थुनामा छन् । उनी एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन्

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते १८:५२

२२ पुस, काठमाडौं । सर्वोच्च अदालतले भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतीक थापालाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत पाटनका नाममा आदेश जारी गरेको छ ।

प्रतीक थापा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको सोमबारको इजलासले प्रतीक थापाले पेश गरेको निवेदनमा सुनुवाई गर्दै कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।

कुनै आरोपितलाई थुनामा राख्ने, धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्ने भनी आधार र कारण खुलाइएको प्रतिवेदनलाई कैफियत प्रतिवेदन भनिन्छ ।

प्रतिवेदन पेश भएपछि सर्वोच्च अदालतले उनलाई थुनामा पठाउने उच्च अदालतको आदेश उचित थियो वा थिएन भन्ने परिक्षण गर्नेछ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा उनी थुनामा छन् ।

थापालाई गत असारमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश सकुन्तला कार्कीको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा रहेर मुद्दा पुर्पक्ष गर्न पाउने आदेश गरेको थियो । त्यसपछि उनी उच्च अदालत गएका थिए भने उच्चले पनि जिल्लाकै आदेश सदर गरेको थियो ।

लेखकको बारेमा
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?