+
+

८ जिल्लामा सीडीओ फेरिए, काठमाडौंमा ऋषिराम तिवारी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते १९:३३

२२ पुस, काठमाडौं । गृह मन्त्रालयले काठमाण्डौसहित ८ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । मन्त्रालयले काठमाडौं, झापा, मोरङ, सुनसरी,सर्लाही, दाङ, सल्यान र कैलालीमा सीडीओ परिवर्तन गरेको हो ।

काठमाडौंका सीडीओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई पठाइएको छ ।

यस्तै कैलालीका सीडीओ धर्मेन्द्रकुमार मिश्रलाई सुनसरी सरुवा गरिएको छ भने सुनसरीका सीडीओ रामचन्द्र तिवारीलाई गृह मन्त्रालय तानिएको छ ।

गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमाललाई कैलालीको सीडीओ बनाएर पठाइएको छ । गृह मन्त्रालयकै सहसचिव तुलसीबहादुर श्रेष्ठलाई सर्लाहीको सीडीओ बनाएर पदस्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मोरङका सीडीओ प्रेमप्रसाद भट्टराईलाई गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ भने मोरङको सीडीओमा गृह मन्त्रालयका सहसचिव इन्द्रदेव यादवलाई पठाइएको छ । झापाका सीडीओ बन्धुप्रसाद बास्तोलालाई पनि गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको गृहले जनाएको छ । सर्लाहीका सीडीओ गोपालकुमार अधिकारीलाई झापा सरुवा गरिएको छ ।

दाङका सीडीओ शावित्रा पुनलाई सल्यान र सल्यानका सीडीओ शम्भुप्रसाद रेग्मीलाई गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?