+
+

प्रचण्ड, वर्षमान र जनार्दन सम्झिंदै सरल सहयात्रीले भने- केटाकेटी भन्दै नहेप

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १०:४६

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्ष सरल सहयात्रीले केटाकेटी भन्दै नहेप्न नेताहरूलाई आग्रह गरेका छन् । पार्टीको जारी केन्द्रीय समितिको बैठकको सन्दर्भमा उल्लेख गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

‘आफूले बनाएको संगठन र आफूले गाइड गरेर तयार पारेका कमरेडहरुलाई भतिज/भतिजी, भाइ/बहिनी र केटा/केटी भन्दै हर क्षण हेपेर तथा ‘केही गर्न सक्ने छैनन्’ भन्ने परिकल्पित आरोपहरु क्षण क्षणमा प्रस्तुत गरेर कोही कसैको परिपक्वता स्थापित हुदैन’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

पार्टी र संगठन सबैको साझा मिहिनेत, सामुहिक प्रयास र संयमपूर्वक त्याग र बलिदानले निर्माण भएको उनको भनाइ छ । अहिले रहेका नेताहरू नरहँदा पनि भविष्यमा माओवादी बिरासत बोकेर हिँड्नुपर्ने अवस्था ख्याल गर्न उनको आग्रह छ ।

नयाँ पुस्तालाई विश्वास गथर्न आग्रह गर्दा पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वर्षमान पुन र जनार्दन शर्मालाई समेत सम्झिएका छन् ।

उनी अगाडि लेख्छन्, ‘३३ वर्षमा महासचिव भएका प्रचण्ड ,२६ वर्षमा पिबिएम भएका वर्षमान पुन, २५ वर्षमा प्रतिनिधि सभा सदस्यको चुनाव लडेका जनार्दन शर्मा, २० वर्षमुनि जनयुद्धको कमाण्ड गरेका र लडेका हजारौं योद्धा एवं ३०० भन्दा धेरै ३० वर्षमुनि संविधान सभा सदस्यका लागि चुनाव लडेका त्यो जेनेरेसनले बनाएको पार्टी हो ।’

केन्द्रीय समितिमा जसले जे जस्ता अभिव्यक्ति दिएका पनि स‍म्भावनाका प्रसस्त बाटाहरू रहेको भनेर पनि उनले आत्मविश्वास राख्न नेताहरूलाई भनेका छन् । ‘आफ्नो लागि अगाडी स‍म्भावनाका प्रसस्त बाटोहरू छन्,आत्मबिश्वास राख्नुहोस । पछाडिका पुस्ता झनधेरै सक्षम हुन्छन् भरोषा राख्नुहोस’, अध्यक्ष पौडेल लेख्छन्, ‘चलिरहेको पार्टी केन्द्रीय समिति बैठकले सबैका बारेमा उपयुक्त निर्णय गर्नुपर्छ विश्वास राख्नुहोस ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?