+

एन्फा यू-१६ युथ लिग : साैरभको गोलमा चर्च ब्वाइजको लगातार दोस्रो जित

२०८१ पुष  २३ गते १२:१७ २०८१ पुष २३ गते १२:१७
एन्फा यू-१६ युथ लिग : साैरभको गोलमा चर्च ब्वाइजको लगातार दोस्रो जित

२३ पुस, काठमाडौं । चर्च ब्वाइज युनाइटेडले एन्फा यू-१६ युथ लिग फुटबलमा लगातार दोस्रो जित हात पारेको छ ।

साैरभ भुजेलले अन्तिम समयमा गरेको गोल मद्दतमा चर्च ब्वाइजले फ्रेण्ड्स क्लबलाई १-० ले हराएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा साैरभले ९०औं मिनेटमा गोल गरेका थिए । लगातार दुई जितपछि चर्च ब्वाइजले ६ अंक जोडेको छ ।

चर्च ब्वाइजले उद्घाटन खेलमा संकटा क्लबलाई पराजित गरेको थियो ।

फ्रेण्ड्सको यो पहिलो हार हो । फ्रेण्ड्सले पहिलो खेलमा सातदोबाटो युथ क्लबलाई पराजित गरेको थियो ।

एन्फा यू-१६ युथ लिग चर्च ब्वाइज युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय