+
+

खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोकिने, निकुञ्जले दियो अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १३:०१

२३ पुस, काठमाडौं । हेलिकप्टर व्यवसायीहरूले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान गर्न पाउने भएका छन्  ।

सगरमाथा राष्ट्रिय निकुञ्जले वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै असर नपुग्ने गरी अनुमति लिएर हेलिकप्टर उडान गर्न सहमति दिएसँगै खुम्बु क्षेत्रमा हेलिकप्टर उडानले निरन्तरता पाउने भएको हो ।

निकुञ्ज र गाउँपालिकाले हेलिकप्टरले अनुमति लिएर अत्यावश्यक उडान गर्न सक्ने तर व्यावसायिक उडान गर्न नपाउने गरी १ जनवरीदेखि रोक लगाउने निर्णय गरेका थिए ।

तर, सुरक्षाको कारण देखाउँदै हेलिकप्टर व्यवसायीहरूले सोलुखुम्बुमा अत्यावश्यक उडान समेत रोक्ने निर्णय गरेका थिए ।

व्यवसायीहरूले अत्यावश्यक उडान समेत रोक्ने निर्णय गरेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज यसअघिको निर्णयबाट पछि हट्न बाध्य भएको हो ।

सोमबार मात्रै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सगरमाथा क्षेत्रका हेलिप्याडमा रातो झन्डा राखिएकोप्रति चासो व्यक्त गरेको थियो ।

नियम अनुसार सञ्चालित हेलिकप्टर उडानमा अवरोध गर्दा विपद्, बिरामी उद्धार, पर्यटन प्रवर्द्धनलगायतमा समस्या उत्पन्न भएको भन्दै यसरी अवरोध गर्नेमाथि कानुन अनुसार कडा कारबाही हुने चेतावनी स्थानीय प्रशासनले दिएको थियो ।

हेर्नुहोस् सूचना :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?