+
+

अम्बे कोशी सहकारी समस्याग्रस्त घोषित, ६१ करोड बढी बचत रकम अपचलन

सहकारीका सञ्चालकहरूमाथि करिब १३ हजार सर्वसाधारणको ६१ करोडभन्दा बढी बचत रकम अपचलन गरेको आरोप छ ।

हरि अधिकारी हरि अधिकारी
२०८१ पुष २३ गते १४:४५

२३ पुस, विराटनगर । कोशी प्रदेश सरकारले अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।

मंगलबार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले अम्बे कोशी सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।

गत १८ पुसमा वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको थियो ।

मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेका अनुसार समस्याग्रस्त घोषणा भएको अम्बे कोशी सहकारीको सम्पूर्ण व्यवस्थापन सरकारले गठन गरेको समितिले गर्नेछ ।

‘सहकारीको सम्पूर्ण व्यवस्थापन संकटग्रस्त सहकारीको व्यवस्थापन समितिले गर्छ, हामीले घोषणा मात्रै गर्ने हो,’ उनले भने,‘ समितिले चाँडै काम सुरु गर्छ ।’

अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणिन्द्र मगर ठगी आरोपमा एक वर्षदेखि पूर्पक्षका लागि थुनामा छन् । मगरसहित सहकारीका सञ्चालकहरूमाथि करिब १३ हजार सर्वसाधारणको ६१ करोडभन्दा बढी बचत रकम अपचलन गरेको आरोप छ ।

इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशीले विराटनगरदेखि दमकसम्म सेवा केन्द्र खोलेको थियो ।

सहकारी संस्था समस्याग्रस्त घोषणा गरेपछि त्यस्तो सहकारीको लागनी उठाएर बचतकर्तालाई फिर्ता गर्ने गरी समितिले काम गर्नेछ ।

थापाको नेतृत्वमा बनेको समितिलाई सहकारीको लगानी उठाउने तथा ऋणीको धितो लिलाम गरी बचकर्ताको बचत फिर्ता गर्ने अधिकार छ ।

मन्त्रालयका सचिव पाण्डेका अनुसार अन्य समस्याग्रस्त सहकारीको पनि अध्ययन भइरहेको छ । अध्ययनपछि थप सहकारीलाई घोषणा गर्ने उनले बताए ।

सहकारी संकट
लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?