+

अंकित र आयुषले सार्क स्‍नुकर च्याम्पियनसीप खेल्दै

२०८१ पुष  २३ गते १५:३४ २०८१ पुष २३ गते १५:३४
अंकित र आयुषले सार्क स्‍नुकर च्याम्पियनसीप खेल्दै

२३ पुस, काठमाडौं । नेपालका अंकितमान श्रेष्ठ र आयुष गौतमले तेस्रो सार्क स्‍नुकर च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्दैछन् । च्याम्पियनसीप श्रीलंकाको राजधानी कोलम्बोस्थित मुर्स स्पोर्ट्स क्लबमा मंगलबार सुरु हुँदैछ ।

च्याम्पियनसीपमा नेपालका दुईसँगै दक्षिण एयिाली पाँच देशका १२ खेलाडीले लिगकम नकआउटको आधारमा खेल्नेछन् । प्रतियोगिता शुक्रबारसम्म चल्नेछ । तीन समूहका लिग चरणका खेल मंगलबार र बुधबार हुनेछ ।

नेपाल बिलियर्ड, स्‍नुकर एन्ड पुल एसोसिएसनका अध्यक्ष सरोज कुमार मुल्मीका अनुसार समूहका शीर्ष दुईसँगै ब्रेक र फ्रेमका आधारमा उत्कृष्ट दुई गरी आठ खेलाडी नकआउट चरणमा प्रवेश गर्नेछन् ।

‘हामी लगातार तेस्रोपल्ट सार्क स्‍नुकर च्याम्पियनसीपमा सहभागी भएका छौं । हाम्रो खेलाडीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा राखेका छाैं’ कोलम्बोबाट अध्यक्ष मुल्मीले भने।

च्याम्पियनसीपका अघिल्ला दुई संस्करण बंगलादेशमा भएको थियो ।

स्‍नुकर च्याम्पियनसीप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय