+
+

बाँसबारीको जग्गामा आफ्नो दाबीबाट पछि हट्यो चौधरी समूह

सर्वोच्चबाट दुई वटा मुद्दा फिर्ता लियो, ठगीको अनुसन्धानमाथि निर्णय हुन बाँकी

बाँसबारीको जग्गा सरकारीकरण भएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको सीजी चाँदबाग रेसिडेन्सी प्रा.लिले सर्वोच्च अदालतमा दायर दुवै रिट निवेदन फिर्ता लिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १७:१४

२३ पुस, काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा उपभोग गरिरहेको चौधरी समूहले उक्त जग्गामाथीको हकदाबी फिर्ता लिएको छ ।

बाँसबारीको जग्गा सरकारीकरण भएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको सीजी चाँदबाग रेसिडेन्सी प्रा.लिले सर्वोच्च अदालतमा दायर दुवै रिट निवेदन फिर्ता लिएको हो ।

सी.जी. चाँदबागका तर्फबाट अध्यक्ष सञ्जयकुमार ठाकुरले दुईवटा रिट निवेदन फिर्ता लिन सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।

मंगलबार दर्ता भएको निवेदनमाथि सुनुवाई गरी न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले ‘मागबमोजिम हुने’ भनी आदेश गरेका हुन् । त्यो आदेशसँगै दुवै रिट निवेदनको औचित्य सकिएर मुद्दाको लगत कट्टा समेत भइसकेको छ ।

यो आदेशसँगै चौधरी समूहको सीजी चाँदबाग रेसिडेन्सीले बाँसबारीको जग्गामाथिको हकदाबी समाप्त भएको छ । सरकारीकरण भइसकेको उक्त जग्गामाथि अब चौधरी समूहले फेरि दाबी गर्ने अवस्था छैन ।

एकपटक दर्ता भएको रिट निवेदन फिर्ता लिएपछि फेरि त्यही मागदाबी लिएर अदालतमा कानूनी उपचार खोज्न जान पाइँदैन । सरकारले यसअघि नै बाँसबारीको जग्गा सरकारीकरण गर्ने निर्णय भइसकेको छ ।

बाँसबारी जग्गा ठगी प्रकरणबारे अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले माघको पहिलो साताभित्र अनुसन्धान प्रतिवेदन टुंग्याउनुपर्नेछ ।

अख्तियारका लागि भने हदम्यादको बाध्यता छैन । गतवर्षदेखि नै अनुसन्धान गरिरहेको अख्तियारले अनुसन्धान टुंग्याउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?