+
+

प्रचण्डले भने- जनार्दनको सवालमा ओलीजस्तो हुनसक्थ्यौँ, तर त्यसो गरेनौँ

बहसको वातावरण बनाएको भन्दै प्रचण्डले जनार्दनलाई दिए धन्यवाद

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १७:२०

२३ पुस, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र बहसको वातावरण बनाएर राम्रो गरेको भन्दै जनार्दन शर्मालाई धन्यवाद दिएका छन् ।

केन्द्रीय समितिको पूर्ण बैठकमा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरूले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष प्रचण्डले बहसको वातावरण बनाएकोमा धन्यवाद दिएका हुन् ।

‘हामी केपी ओलीजस्तो हुन पनि सक्थ्यौँ जनार्दनको सवालमा,’ पार्टीभित्र फरक विचार राखेका भीम रावललाई हालै एमालेले कारबाही गरी पार्टीबाट निष्कासन गरेकोतर्फ संकेत गर्दै प्रचण्डले भने, ‘तर, त्यसो गर्नु राम्रो हुन्थेन । पार्टीमा बहसको वातावरण बनाएर जनार्दनले ठिकै गर्नुभयो । उहाँलाई धन्यवाद छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?