
२३ पुस, बुटवल। बुटवल उपमहानगरपालिका–११ मा नवजात शिशु मृत अवस्थामा फेला परेका छन् ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार बुटवल मजुवा क्षेत्रको डम्पिङ साइटमा भर्खर जन्मेकी नवजात शिशु मृत अवस्थामा फेला परेको बताए ।
नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिएपछि फालेको अवस्थामा फेला परेको बताउँदै उनले मृत्युको कारण खोज्ने काम भइरहेको डीएसपी पण्डितले बताए ।
फोहोरको डम्पिङ्ग साइटमा शिशु जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत शिशुलाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शिशुको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको बताउँदै डीएसपी पण्डितले मृतक नै जन्मेर गाडेको वा अवैध तरिकाले बच्चाको हत्या भएको भन्ने बारेमा अनुसन्धान हुने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4