+

जय ट्रफीमा पुलिसविरूद्ध मयन यादवको अर्धशतक

२०८१ पुष  २४ गते ११:१६ २०८१ पुष २४ गते ११:१६
जय ट्रफीमा पुलिसविरूद्ध मयन यादवको अर्धशतक

२४ पुस, काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत बुधबार तेस्रो खेलमा नेपाल पुलिस र मधेश प्रदेशबीच खेल भइरहेको छ ।

पर्सामा भइरहेको पहिलो दिनको खेलमा मधेशका मयन यादवले अर्धशतक प्रहार गरेका छन् । मयनले ७९ बल खेल्दै चार चौका र दुई छक्काको मद्दतले अर्धशतक बनाए । उनले यसअघि बागमतीसँगको खेलमा शतक बनाएका थिए ।

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेशले २६ ओभरमा २ विकेटको क्षतिमा ९६ रन बनाएको छ । निरज यादव २९ तथा कप्तान हरिशंकर साह ९ रनमा आउट भएका थिए ।

पुलिसका सर्वन यादव र कुशल भुर्तेलले एक-एक विकेट लिएका छन् ।

पहिलो खेलमा मधेशले बागमतीसँग ड्र खेलेको थियो भने पुलिसले आर्मीसँग ड्र खेलेको थियो ।

जय ट्रफी एलिट कप मयन यादव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय