२४ पुस, काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत बुधबार चौथो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच खेल भइरहेको छ ।
जनकपुरमा भइरहेको पहिलो दिनको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले बलियो सुरूवात गरेको छ । लन्च ब्रेकसम्म आर्मीले २९ ओभर खेल्दा १ विकेट गुमाएर १२७ रन बनाएको छ ।
आर्मीका ओपनर इमरान शेखले अर्धशतकसहित ५६ रन बनाएर क्रिजमा छन् भने भीम सार्की ८ रन बनाएर खेलिरहेका छन् । ८५ बल खेलेका इमरानले ८ चौका प्रहार गरेका छन् ।
त्यसअघि तृतराज दास ४४ रनमा आउट भएका थिए । बागमतीका सन्दीप लामिछानेले १ विकेट हात पारेका छन् ।
पहिलो खेलमा आर्मीले पुलिससँग ड्र खेलेको थियो भने बागमतीले मधेशसँग ड्र खेलेको थियो ।
प्रतिक्रिया 4