+
+

सहकारी ठगी प्रकरणमा फरार रहेकी लेखा समिति सभापतिकी श्रीमती अदालतमा हाजिर

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते १२:०२

२४ पुस, काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रही फरार भएकी प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन् ।

कोइराला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएको अदालतमा सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी थिए । अदालतमा उपस्थित भएकी कोइराको बयान उद्धव प्रसाद भट्टराईको इजलासमा सुरु भएको उनले बताए ।

मोरङ धनपालथान-४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा पक्राउ पुजी जारी भएपछि उनी फरार हुँदै आएकी थिइन् । यो सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेको छ ।

कोइरालाका बयानपछि थुनछेक बहस हुनेछ । त्यसपछि उनलाई धरौटीमा तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा कारागार पठाउने भन्ने आदेश आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?