+
+

‘ऊनको स्वीटर’को अन्तर्राष्ट्रिय वितरण राइट सेभेन सिजले किन्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते १२:१०

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘ऊनको स्वीटर’को अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री भएको छ । सेभेन सिज इन्टरनेसनलले महंगो मूल्यमा फिल्मको राइट खरिद गरेको छ ।

प्याट्रिक सुवेदी र रमेश ढकालको नयाँ वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलले अमेरिका, अस्ट्रेलिया, मध्यपूर्वसहित माल्टा र मलेसियाका लागि अधिकार खरिद गरेको हो । यी सबै मुलुकमा नेपालसँगै फिल्म रिलिज हुने वितरक सुवेदीले जनाए ।

नेपालमा आउँदो वैशाख २६ गते फिल्म प्रदर्शन तयारीमा छ । सोही मितिमा अमेरिका, मध्यपूर्व र एसियाली मुलुकमा फिल्म प्रदर्शनमा ल्याउने वितरकको तयारी छ ।

दक्षिण कोरियाका लागि ‘पाँचथर सेवा समाज,’ क्यानडाका लागि ‘एमजीपी इन्टरटेनमेन्ट,’ ‘आँगन इभेन्ट’ र ‘आई र यू इन्टरटेनमेन्ट’ले राइट खरिद गरेका छन् । बेलायतबाहेकका युरोपेली मुलुकमा मामा इभेन्ट्स’ र गुरुङ केएनएस इन्टरटेनमेन्ट र जापानमा ‘सेवा एलएल कम्पनी’ले राइट लिएको जनाइएको छ ।

नवीन चौहान निर्देशित फिल्ममा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सनविक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू, र भावना खपाङ्गी मगरको अभिनय छ ।

‘ऊनको स्वीटर’ आर्टमाण्डु प्रालिको ब्यानरमा निर्माण भएको हो । १२ दिनअघि सार्वजनिक भएको फिल्मको पहिलो गीत ‘मखमली’ले युट्युबमा चर्चा पाइरहेको छ । यो गीत अहिले पनि युट्युबमा ट्रेन्डिङ भइरहेको छ ।

‘सेभेन सिज इन्टरनेसनल’को लाइनअपमा ‘ऊनको स्वीटर’सहित ‘लाज शरणम्’ र ‘पहाड’ समेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?