+

खो खो विश्वकपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा

२०८१ पुष  २४ गते १२:२७ २०८१ पुष २४ गते १२:२७
खो खो विश्वकपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा

२४ पुस, काठमाडौं । यही जनवरी १३ देखि १९ सम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो खो विश्व कप २०२५ को लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । खो खो संघले नेपालको पुरुष तथा महिला राष्ट्रिय टिमको घोषणा गरेको हो ।

नेपाल खो खो संघ राष्ट्रिय टिम तयारी समितिका अनुसार गत एक महिनादेखि कीर्तिपुर स्थित कभर्डहलमा भइरहेको बन्द प्रशिक्षणबाट छनोट गरेर १५-१५ खेलाडिहरु सहितको राष्ट्रिय खो-खो टिम घोषणा गरिएको हो ।

तयारी समितिका संयोजक एवं नेपाल खो-खो संघका महासचिव शंकर महर्जनका अनुसार पुरुषतर्फ हेमराज पनेरुको नेतृत्वमा १५ खेलाडीहरु छन् । यस्तै महिलातर्फ सरस्वती कडायतको कप्तानीमा १५ खेलाडी छन् ।

पुरुष खेलाडीहरुमा जनक चन्द, समिर चन्द, विश्वास चौधरी, सूरज पूजारा, रोहित कुमार वर्मा, यमन पूरी, वेदबहादुर वली, झलक वि.क., बिकराल सिंह रत्गैया, बिशाल थारु, राजन बल, जोगेन्द्र राना, भरत सारु, गणेश विश्वकर्मा रहेका छन् ।

त्यस्तै महिला खेलाडीहरुमा सरस्वती कडायतको नेतृत्वमा मानमती धामी, पुजा ओड, आशा थारु, दिपा बि.क., निशा शाही, कर्मा कुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना वि.क., दिपा कुमारी बि.क.,खुश्बु राना, वर्षा पण्डित, गिता चौधरी र अनिसा गोले छन् ।

पुरुष टिम प्रशिक्षकमा विक्की राज महर्जन र महिला टिम प्रशिक्षकमा लक्ष्मी नारायण छन् भने प्रशिक्षकहरुमा कयामुद्दिन मनसूर र उषा कुँवर मगर छन् ।

नेपालको पुरुष खो-खो टिमले जनवरी १३ मा आयोजक भारतसँग उद्घाटन खेल खेल्ने कार्यक्रम छ । खेल इन्दिरा गान्धि स्टेडियममा हुनेछ ।

खो-खो विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय