२४ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठक आगामी माघ ३ गते बस्ने भएको छ ।
युवा तथा खेलकुद मन्त्री तेजलाल चाैधरीले बुधबार १०औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटनको अवसरमा राखेप बोर्ड बैठक माघ ३ गते बस्ने बताएका हुन् ।
त्यस बैठकबाट १०औं राष्ट्रिय खेलकुदमा कति खेल समावेश गर्ने भन्ने विषयमा निर्णय हुने मन्त्री चाैधरीले बताए ।
‘३ गते बोर्ड बैठक डाकेका छाैं, त्यसमा हामी धेरै कुरा अघि बढाउन चाहन्छाैँ’ मन्त्री चाैधरीले बताए ।
१०औं राष्ट्रिय खेलकुद आगामी चैतमा सुर्खेतमा हुने तय छ ।
प्रतिक्रिया 4