+
+

लागु औषध मुद्दामा दोषी ठहर भएका व्यक्ति २५ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते १५:५४

२४ पुस, काठमाडौं । लागु औषध मुद्दामा दोषी ठहर भएका व्यक्ति २५ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तुको विजयपुर गाउँपालिका–१ का ५१ वर्षीय कृष्णबहादुर चौधरी छन् । उनीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले २८ चैत २०५६ मा ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको कपिलवस्तुका एसपी निरन्जनदत्त भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?