+

यू-१६ युथ लिग : आर्मीको पोष्टमा थ्रीस्टारको १० गोल, रोहन र सृजनको ह्याट्रिक

२०८१ पुष  २४ गते १६:११ २०८१ पुष २४ गते १६:११
यू-१६ युथ लिग : आर्मीको पोष्टमा थ्रीस्टारको १० गोल, रोहन र सृजनको ह्याट्रिक

२४ पुस, काठमाडौं । रोहन भोम्जन र सृजन श्रेष्ठको ह्याट्रिक मद्दतमा थ्रीस्टार क्लबले एन्फा यू-१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी एफसीमाथि फराकिलो जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको एकपक्षीय खेलमा थ्रीस्टारले आर्मीलाई १०-० गोल अन्तरले पराजित गरेको हो । थ्रीस्टारको फराकिलो जितमा रोहन र सृजनले ह्याट्रिक गर्दा पुरन श्रेष्ठले २ तथा भुपेन्द्र बहादुर रावत र डोङसेन केन्चो काजीले १-१ गोल गरे ।

भुपेन्द्रले १०औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । २३औं मिनेटमा डोङसेनले अग्रता दोब्बर पारे भने पुरनले ४४औं मिनेटमा गोल गरेपछि थ्रीस्टारले पहिलो हाफमा ३-० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा थ्रीस्टार एकपक्षीय रूपमा हावी बन्दा ७ गोल थप्यो । ६६औं मिनेटमा पुरनले व्यक्तिगत दोस्रो गोल गर्दा थ्रीस्टार ४-० ले अघि बढ्यो । त्यसपछि रोहन र सृजन चम्किए । दुवैले अन्तिम २० मिनेटमा ह्याट्रिक पूरा गरे ।

रोहनले ७०औं, ७५औं र ८६औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । यस्तै २३औं मिनेटमा मैदान प्रवेश गरेका सृजनले ७८औं, ८८औं र इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

युथ लिगमा थ्रीस्टारको यो पहिलो जित हो । यसअघि थ्रीस्टारले अर्को विभागीय टोली एपीएफसँग गोलरहित बराबरी खेलेको थियो । आर्मीको भने यो लगातार दोस्रो हार हो । यसअघि पुलिससँग आर्मी ७-० ले पराजित भएको थियो ।

बुधबारै भएको पहिलो खेलमा एपीएफले पनि सातदोबाटो युथ क्लबलाई २-१ ले पराजित गर्दै पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्स मैदानमा एपीएफका लागि अविनाश वाइवा र तेन्जिङ शेर्पाले गोल गरे । एपीएफकै विकेन खत्रीले सातदोबाटोका लागि आत्मघाती गोल उपहार दिएका थिए ।

एन्फा यू-१६ युथ लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय