+
+

कुश्माको द क्लिफमा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सफल परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते १७:१९

२४ पुस, काठमाडौं । साहसिक पर्यटनका लागि प्रख्यात कुश्मास्थित द क्लिफमा अब विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आउने भएको छ ।

मेगाट्रोल एक साहसिक गतिविधि हो । जसले जिपलाइन र रोलरकोस्टरको ‘ब्लेन्डेड’ अनुभव दिन्छ । २ सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १ हजार २ सय २८ मिटर छ ।

यसमा एक पटकमा तीन जनासम्म खेल्न सकिने कम्पनीले जनाएको छ । एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । उनका अनुसार मेगाट्रोलको गति प्रतिघण्टा १ सय ४० किलोमिटरको हुनेछ ।

द क्लिफले विश्वकै दोस्रो अग्लो बन्जी जम्प, स्विङ, स्काई साइक्लिङ लगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधा सम्पन्न रिसोर्ट समेत चलाइरहेको छ । अब पर्यटकलाई मेगाट्रोल पनि उपलब्ध गराउन लागिएको अध्यक्ष कार्कीले बताए ।

एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल करिब दुई सातामा सञ्चालनमा ल्याउने गरी काम गरिरहेको उनले जानकारी दिए । अहिले यसको परीक्षणको काम जारी छ । उनका अनुसार कालीगण्डकी नदीको मनोरम दृश्य हेर्दै यसको अनुभव लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?