+
+

मोडल हन्ट नेपालको उपाधिको लागि ४८ प्रतिस्पर्धी भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते २०:२३

काठमाडौँ । ‘जोय मोडल हन्ट नेपाल २०२५’को फिनालेमा ४८ प्रतियोगी भिड्ने भएका छन् । नेपालकै बृहत् मानिएको प्रतियोगिता मोडल हन्ट नेपालको नवौं सिजन हो ।

फिनालेका लागि अडिसनबाट ३० फिमेल र १८ मेलसहित ४८ प्रतियोगी छनोट गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जनाइन् ।

छानिएका प्रतियोगी एक महिनाको प्रशिक्षणसहित फिनालेको तयारीमा लाग्नेछन् । व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ । कोरियोग्राफी सविता कार्कीले गर्नेछिन् ।

विजेताले ५ लाख नगद पुरस्कारसहित सेप्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

व्यवसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ९ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेका आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?