
काठमाडौं । दर्शकले पछिल्लो समय अभिनेता सविन श्रेष्ठलाई भ्लग निर्माणमा सक्रिय देख्छन् । अभिनेत्री अनु शाहसँग मिलेर घुमघाम, खानपिन र दिनचर्याबारे उनले बनाएका भ्लग भिडियो दर्शकमाझ रुचाइएका छन् ।
दर्शकले पनि भ्लगिङ शैलीमार्फत उनको लाइफस्टाइल बुझ्ने मौका पाएका छन् । सविनसँग केही फिल्मको समेत लाइनअप छ । यस्तोमा उनले वेब सिरिज ‘ए घरबेटी बा’को निर्माण थालेका छन् ।
कुनैबेला टिभीबाट प्रसारण हुने यो सिरिजलाई सविनले आफ्नै निर्माणमा अघि बढाएका हुन् । सिरिजको छायांकन सुरु भएको छ । दर्शकले यसलाई सविनको युट्युब च्यानलमा हेर्न पाउनेछन् ।
दिनेश खड्काले निर्देशन गरिरहेको सिरिजको एक सिजनमा ५ भाग हुनेछन् । प्रनुप थापाको कथा रहेको सिरिजमा सुलेमान शंकर इकु, प्रकाश श्रेष्ठ र मोनिका बुढाथोकीको मुख्य भूमिका हुनेछ ।
सुमन बजगाईंको छायांकन रहने यो सिरिजको कथावस्तु कमेडी र लभस्टोरी हुन् ।
प्रतिक्रिया 4