+
+

हराएका ३३ थान मोटरसाइकल फेला पारेर धनीलाई हस्तान्तरण

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय राामशाह पथले हराएका ३३ थान दुई पाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १४:३४

२५ पुस, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय राामशाह पथले हराएका ३३ थान दुई पाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

कार्यालयका एसएसपी विनोद घिमिरेले २५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई बिहीबार हस्तान्तरण गरे ।

जसमध्ये केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला पारिएको उनले बताए ।

गठ्ठाघर, काँडाघारी, नेपालटार, कालिमाटी, पद्मोदयमोड, लैनचौर, गौशाला, बानियाटार, धर्मस्थली, नयाँबसपार्क र बौद्ध लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

बिहीबार बुझाइएका ३३ वटा सहित २७३ वटा सवारीसाधन गत साउनयता ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका २८ वटा दुई पाङ्ग्रे सवारीसाधन सहित चोरीमा संलग्न ४० जना व्यक्तिहरूलाई पनि आवश्यक कारवाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?