
सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ र पूर्वउपाध्यक्ष मीना गुरुङ
२५ पुस, पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणका सात आरोपीमध्ये ३ जना धरौटी बुझाएर छुटेका छन् ।
आरोपी सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् ।
जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले कृष्णलाई १ लाख, मीना र आरतीलाई ५/५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
अदालतको आदेशलगत्तै धरौटी वापतको रकम जम्मा गरेर उनीहरु छुटेका हुन् । अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेलाई समेत ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
तर, काठमाडौं लगायतका जिल्लामा पनि अरु मुद्दा भएकाले उनी तत्काल छुट्ने छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4