
२५ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले टीकापुर विमानस्थलको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार ‘सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०८१’ उद्घाटनमा उनले टीकापुर विमानस्थलको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
लामो समयपछि विमानस्थल पुनः सञ्चालनमा आएसँगै टीकापुरमा विकासका सम्भावना बढेको मन्त्री पाण्डेले बताए ।
टीकापुरका परिकल्पनाकार खड्गबहादुर सिंहको परिकल्पना अझै पूरा नभएको उनले बताए । परिकल्पना अनुसार टीकापुर बनाउन सबै एकजुट हुनुपर्ने उनको भनाइ छ ।
देशलाई स्थायित्व दिन नै दुई ठूला दल मिलेर सरकार निर्माण गरेको भन्दै उनले स्थायित्वले मात्र देश विकास हुने उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4