
२६ पुस, काठमाडौं । तरुलको सिजन सुरु भएसँगै कालीमाटीमा आयात बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रबार २९ हजार ७ सय किलो तरुल भित्रिएको छ ।
माघे संक्रान्ति नजिकिएसँगै तरूल किन्नेहरूको कालिमाटी तरकारी बजारमा भिड लागेको छ ।
पुस २५ गते ३७ हजार ९ सय किलो तरुल भित्रिएको थियो । मंसिर अन्तिम साता औसत १० हजार किलो तरुल आयात हुँदै आएको थियो ।
तरुलको उत्पादन र आयात बढेसँगै मूल्य सस्तिएको छ । समितिका अनुसार शुक्रबार तरुल प्रतिकिलो अधिकतम ८० रुपैयाँ छ । एक साताअघि प्रतिकिलो ९० रुपैयाँ थियो ।
शुक्रबार कालीमाटीमा भेँडे खोर्सानी अधिकतम प्रतिकिलो ८०, पिडाँलु ९०, बकुला सिमी ९०, रातो आलु ४५, सेतो आलु ४०, स्थानीय काउली २०, लोकल बन्दा २५, नरिवल बन्दा २५ र तराईको बन्दा कोबी २०, लाम्चो भन्टा३५, डल्लो भन्टा ४०, मटरकोशा 90, घिउ सिमी 6०, तिते करेला १0०, लौका 5०, भिण्डी १0०, बरेला 4० रुपैयाँ प्रतिकिलो छ ।
सखरखण्ड ८०, डल्ले च्याउ ३3०, कन्य च्याउ 8०, ब्रोकाउली 5० र काँक्रा ९० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4