+
+

५ करोड भ्युज पुगेको खुसीमा ‘म त ढलें ढलें’को ‘सक्सेस सेलिब्रेसन’

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १२:२१

काठमाडौं । युट्युब, स्पोटीफाइ, टिकटकसहितका अडियो प्लाटफर्ममा समेत गरी ५ करोड भ्युज पुगेपछि पछिल्लो समयको चर्चित गीत ‘म त ढलें ढलें’ले ‘सक्सेस सेलिब्रेसन’ गरेको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गायिका तथा निर्मात्री शान्तारानी परियारसहितको टोलीले केक काटेर सफलता मनाएको हो । गीतलाई युट्युबमा ४ करोड ७१ लाखभन्दा धेरै पटक हेरिएको छ । अन्य प्लाटफर्ममा गरेर भ्युज ५ करोड पुगेको गायिका शान्तारानीले बताइन् ।

यो खुसीमा संगीतकार खेम सेञ्चुरी र गीतकार नेत्र अर्याललाई ५०-५० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो । १० करोड भ्युज पुगेपछि प्राविधिकलाई पनि नगद पुरस्कार दिइने शान्तिरानीले जानकारी दिइन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले केक काटेर टिमलाई खुवाइन् । सफलताप्रति उनले बधाई दिइन् । गीतकी निर्मात्री समेत रहेकी गायिका शान्तिरानीले दर्शकलाई धन्यवाद दिंदै गीतलाई धेरै द्विअर्थी भनेर आलोचना गरेपनि गीत त्यस्तो नरहेको दाबी गरिन् ।

अभिनेता पल शाहले गीतसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । उनले दर्शकबाट प्राप्त प्रतिक्रियाले आफूलाई उत्साहित तुल्याएको बताए ।

युट्युब चार्टको पछिल्लो विवरणअनुसार ‘म त ढलें ढलें’ गीत केही महिनायता युट्युबमा सर्वाधिक हेरिने गीतको सूचीमा छ । डिसेम्बर १० देखि ६ जनवरीसम्मको डेटाअनुसार यो गीत शीर्षस्थानमा छ । गीतले रुकुम मैकोट, बार्दली, कश्मीरे पछ्यौरी, झिमझिमाउने आँखा, मखमली लगायतका गीतलाई समेत उछिनेको छ ।

चार महिनाअघि रिलिज भएको यो गीत शान्तारानीको अहिलेसम्मकै सर्वाधिक सफल गीत समेत हो । पत्रकार सम्मेलनमा उनले नयाँ गीतको तयारीमा आफू जुटेको पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?