+
+

‘ममी’मा यस्तो छ प्रियंकाको हरर लुक्स, तर्सेलान् दर्शक ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १३:१७

काठमाडौं । समर निरौला निर्देशित हरर फिल्म ‘ममी’को नयाँ पोस्टरमा प्रियंका कार्कीको लुक्स चित्रण गरिएको छ । कार्कीको चरित्र पोस्टरमा डरको भावमा हेरिरहेको देखिन्छ । छेउमा कालो बिरालो चित्रित छ ।

‘माला’ र ‘चि मुसी चि’पछि प्रियंकाको यो तेस्रो हरर फिचर हो । पोस्टरमा प्रियंका पछाडिको पुरानो भित्तामा झुण्डिएको रक्ताम्मे पोस्टरमा सुलक्षण भारती, आयुषी ढकाल र जेभिस श्रेष्ठलाई देख्न सकिन्छ ।

दर्शकमा हरर फिल्मप्रतिको मनोविज्ञान सिर्जना गर्न पोस्टर प्रभावकारी हुने निर्माताको भनाइ छ । केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा प्रियंकाले दर्शक नहाँस्ने ढंगले फिल्म बनाउन आफूले निर्मातालाई भनेको बताएकी थिइन् । जसको कारण पनि यो फिल्ममा मेकरले तर्साउन प्रयत्न गरेको बुझिन्छ ।

हरर फ्यामिली ड्रामा बताइएको फिल्ममा दीया मास्के, समीप निरौला, घनश्याम जोशी र गीत विष्टको पनि अभिनय छ । सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्मको पटकथा समर निरौला र पूर्णिमा जोशीले लेखेका हुन् ।

लोकराज जोशी र पूर्णिमा जोशी निर्माता हुन् । कार्यकारी निर्मातामा सुमन कोइराला छन् । छायांकन निशाल पौडेल र शरद महतोले संयुक्त रुपमा गरेका हुन् । सम्पादन सुरेन महर्जनको छ । पार्श्व ध्वनिमा रोहित शाक्य, साउन्ड डिजाइनमा श्रवल आरपी, रङ संयोजनमा दीपेश चौधरी छन् । फिल्ममा एसडी योगीले संगीत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?