+
+

समाजवादी मोर्चाको बैठक माघ २ गते

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १७:०९

२६ पुस, काठमाडौं । समाजवादी मोर्चाको बैठक माघ २ गते बुधबार बस्ने भएको छ । आगामी बुधबार समाजवादी मोर्चाको बैठक बस्न लागिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

‘हामी समाजवादी मोर्चाको बैठक पर्सि २ गते बस्दैछौं,’ प्रचण्डले भनेका छन् । उनका अनुसार हिजो र आज सोही मोर्चाको बैठकबारे छलफल भएको छ ।

प्रचण्डले हिजो र आज सिंहदरबारमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका थिए ।

समाजवादी मोर्चा लामो समयदेखि निष्क्रिय छ । ४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।

पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने समाजवादी मोर्चामा सक्रिय छैन ।बिहीबारको छलफलमा मोर्चामा उपेन्द्रलाई सक्रिय बनाउने जिम्मा माधव नेपाललाई दिइएको थियो ।

बैठकमा अध्यक्ष नेपालले उपेन्द्रसँग कुरा गर्ने जिम्मा आफूलाई दिन भनेका थिए । आजको बैठकमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए ।

श्रेष्ठसँग अध्यक्षद्वय प्रचण्ड र नेपालको भेटवार्ता सकिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि पुगेका थिए । लिङ्देन भने आफ्नो पार्टीले शनिबार आयोजना गर्न लागेको चियापानको निम्तो दिन पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?