+

जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै

२०८१ पुष  २७ गते ८:३५ २०८१ पुष २७ गते ८:३५
जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै

२७ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मधेश प्रदेशको जनकपुर र वीरगंजमा जारी जय ट्रफी मेन्स एलिट कप अन्तर्गत शनिबार दुई खेल सुरू हुँदै छन् ।

प्रतियोगिताअन्तर्गत पाँचौं खेलमा मधेश प्रदेश र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा साढे ९ बजेदेखि खेल सुरू हुने तय छ ।

त्यसैगरी छैटौं खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेश खेल्नेछन् । जनकपुरमा उक्त खेल पनि साढे ९ बजे सुरू हुने तालिका छ ।

यसअघि भएको खेलमा पुलिसले एक जित र एक ड्रको नतिजा निकाल्दा र आर्मी र बागमतीले आफ्ना दुवै खेलमा ड्र खेलेका छन् भने मधेशले एक खेल ड्र गर्दा एक खेल हारेको छ ।

पुलिस ४० अंकसहित अंकतालिकाको शीर्षस्थानमा रहेर फाइनल खेल्ने बलियो अवस्थामा छ । आर्मी दोस्रो, बागमती तेस्रो र मधेश चौथो स्थानमा छन् ।

यी खेलको नतिजापछि फाइनल खेल्ने टोलीको टुङ्गो लाग्ने छ । शीर्ष दुई टोलीले मंगलबारदेखि हुने तीन दिवसीय फाइनल खेल्ने छन् ।

जय ट्रफी एलिट कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय