+

सदभावलाई बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसीपको उपाधि

२०८१ पुष  २७ गते २१:३८ २०८१ पुष २७ गते २१:३८
सदभावलाई बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसीपको उपाधि

२७ पुस, काठमाडौं । नेपालका सदभाव आचार्यले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसीपमा ऐतिहासिक उपाधि जितेका छन्। बंगलादेशका शफिकुल इस्लाम र मोहम्मद शाहबुद्दिनलाई ६ स्ट्रोकले हराउँदै उपाधि जितेका सदभाव यो उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने ।

सन १९८८ को दोस्रो संस्करणदेखि नेपालले सहभागिता जनाउँदै आएको थियो । ढाकास्थित कुर्मितोला गल्फ क्लबमा आज १–ओभर ७३ स्कोर बनाएका सदभावले समग्रमा ३–ओभर २९१ सहित उपाधि जिते।

सदभावले फ्रन्ट नाइन २–ओभर ३८ मा पुरा गरे। पहिलो, दोस्रो र सातौं होलमा बोगी प्रहार गरे। आठौं होलमा एक सट बचाए। यसपछि १४औं र १८औं होलमा बर्डीको सफलता प्राप्त गरेपनि १५औं होलमा एक सट खेर फाले।

उनले ब्याक नाइन १–अन्डर ३५ मा सकाए। उनले पहिलो र दोस्रो दिन समान ३–अन्डर ६९ को स्कोर गरेका थिए। तेस्रो दिन भने ८–ओभर ८० को प्रदर्शन गरेका थिए। तर अन्तिम दिन सम्हालिंदै उपाधि जिते।

बंगलादेशका शफिकुल इस्लम र मोहम्मद शाहबुद्दिनले समग्रमा ९–ओभर २९७ को स्कोर सहित दोस्रो स्थान प्राप्त गरे। आज शफिकुलले १–ओभर ७३ र मोहम्मदले ३–ओभर ७५ मा खेल सकाए। बङ्गलादेशकै मोहम्मद समिम समग्रमा ११–ओभर २९९ सहित चौथो भए। उनले आज इभन–पार ७२ को कार्ड बनाए।

समग्रमा १२–ओभर ३०० बनाएका श्रीलंकाका चालिथा पुष्पिका पाँचौं स्थानमा रहे। उनले आज ६–ओभर ७८ को खराब प्रदर्शन गरे। नेपालका राहुल विकेले ६–ओभर ७८ को प्रदर्शन गर्दा समग्रमा १६–ओभर ३०४ सहित छैटौं स्थानमा प्रतियोगिता सकाए।

सदभावको लागि यो प्रतियोगिता विशेष बन्यो। उनले दुई स्वर्ण जिते। आज व्यक्तिगत तर्फ उपाधि जितेका उनले राहुल विकेसँग मिलेर टिम स्पर्धामा नेपाललाई इभन–पार २८८ स्कोरमा स्वर्ण दिलाएका थिए। यसअघि उनले ३६औं संस्करणमा सुवास तामाङसँग मिलेर टिमतर्फ स्वर्ण हात पारेका थिए।

लयमा रहेका युवा गल्फर सदभावले गत नोभेम्बरमा फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलमा यु–२१ तर्फ पहिलो भएका थिए। समग्रमा भने उनले दोस्रो स्थान प्राप्त गरेका थिए।

चारदिने प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र अस्ट्रेलिया गरी ८ देशका कूल १०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसीप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय