+
+

कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ देखि

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते ९:५९

२८ पुस,विराटनगर । प्रदेश सरकारले कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ गते बोलाउने निर्णय भएको छ ।

आइतबार बिहान बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले माघ ७ गतेबाट प्रदेशको हिउँदे अधिवेशन बोलाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता  तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले  मन्त्रीपरिषद् बैठकले बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको बताए ।

सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले बैठकको आह्वान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?