
२८ पुस, काठमाडौं । कुमारी बैंकले २४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । २६ पुसमा बसेको बैंक सञ्चालक समिति बैंठकले २१ माघमा बैंकको साधारण सभा आह्वान गरेको हो ।
सञ्चित नोक्सानीमा रहेका कारण कुनै लाभांश प्रस्ताव नगरेको बैंकले साधारण सभा प्रयोजनका लागि ११ माघमा सेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ ।
बैंकले वार्षिक साधारण सभामा सञ्चालक समितिको २०८०/८१ वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव लैजाने छ । त्यस्तै लेखा परीक्षकको प्रतिवेदन सहित २०८०/८१ को वार्षिक आर्थिक विवरण (२०८१ असार मसान्तसम्मको वासलात, २०८०/८१ को नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूची) पारित गर्ने बैंकले जनाएको छ ।
यस बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेड र केबीएल सेक्युरिटिज लिमिटेडको २०८०/८१ को वित्तीय विवरण सहित एकीकृत वित्तीय विवरण पारित गर्ने जनाइएको छ ।
त्यस्तै २०८१/८२ का लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया 4