+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

केयूमा ‘प्राविधिक गणित’ विषयमा स्नात्तकोत्तर सुरु

केयूले प्राविधिक गणित विषयमा स्नात्तकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते १४:२९

२८ मंसिर काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले प्राविधिक गणित विषयमा स्नात्तकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

केयूको स्कुल अफ साइन्स, गणित विभाग अन्तर्गत विभिन्न गणितमा सम्बन्धित प्राविधिक कार्यक्रम सञ्चालनमा ल्याइएको गणित विभाग प्रमुख प्रा. डा. रविन्द्र कायस्थ बताउँछन् ।

विभागले ‘बीएससी इन कम्प्युटेसनल म्याथम्याटिक्स’ सञ्चालन गरिरहेको उनले बताए । त्यस्तै यही शैक्षिक सत्रबाट ‘बीडीएससी ब्याचलर अफ डाटा साइन्स’ कोर्स पनि सञ्चालनमा ल्याएको उनले बताए ।

‘विश्वविद्यालयको गणित विभागले दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याइरहेको छ । मुलुकका विभिन्न विश्वविद्यालय, कलेज, विद्यालय, विभिन्न कम्पनीका लागि पनि प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्न सक्षम भएको छ,’ विभाग प्रमुख कायस्थले भने, ‘मुलकलाई चाहिने समय अनुसारको प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा प्राविधिक गणितमा स्नातकोत्तरमा नयाँ कार्यक्रम सञ्चालनमा ल्याएका हौं ।’

समय अनुसार पाठ्यक्रम परिमार्जित गर्दै बजार माग अनुसार कोर्स तथा पाठ्यक्रम कार्यान्वयन गर्दै नयाँ कार्यक्रम सञ्चालनमा अगाडि बढेको उनले बताए ।

केयूको स्कुल अफ साइन्स अन्तर्गत गणित विभागमा विभिन्न कार्यक्रम सञ्चालनमा रहेको उनले बताए । स्नातक तहमा कम्प्युटेसनल म्याथम्याटिक्स र डाटा साइन्सका कार्यक्रम सञ्चालनमा छ ।

स्नातकोत्तर तहमा कम्प्युटेसनल म्याथम्याटिक्स दुई वर्षे कार्यक्रम हो । यो कार्यक्रम म्याथम्याटिकस र कम्प्युटर साइन्सको मिश्रित कोर्स रहेको गणित विभागले जनाएको छ ।

कम्प्युटेसनल म्याथम्याटिक्स अध्ययनपछि प्रविधि कम्पनीहरूमा डाटा इन्जिनियरिङ, डाटा आर्किटेक्ट, डाटा एनालिस्ट, डाटा साइन्टिस्टका रूपमा समेत काम गर्न सक्ने जनशक्ति उत्पादन हुने विश्वास लिएको कायस्थले बताए ।

उक्त कोर्समा भर्ना हुन चार वर्षे अथवा सोसरह अन्य कुनै शैक्षिक कार्यक्रम उत्तीर्ण भएको हुनुपर्ने छ । यो विषय अध्ययन गर्न कम्तीमा २ सीजीपीए अथवा ५० प्रतिशत वा त्यसभन्दा माथिको प्राप्तांक ल्याएको हुनुपर्ने छ । यो शैक्षिक कार्यक्रममा हाललाई एक पटकमा १०/१० जनाका दरले विद्यार्थी भर्ना गरिने केयूले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?