२८ पुस, काठमाडौं । आगामी माघ १ गतेदेखि धनगढीमा हुने प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि एपीएफ क्लबको टोली घोषणा भएको छ ।
साविक विजेता समेत रहेको एपीएफले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो । इन्दु नेपाली महिला राष्ट्रिय टिमकी समेत कप्तान हुन् ।
यसअघि सीता रानामगरको कप्तानीमा एपीएफ क्लबले पीएम कपको उपाधि जितेको थियो । यसपटक सीता राना मगर टोलीमा समावेश छैनन् ।
सिताको घुँडामा समस्या देखिएकाले उनले पिएम कपबाट नाम फिर्ता लिएकी हुन् । पिएम कपपछि हुने टी२०आई श्रृंखलाका लागि भने उनी रिकभर भएर उपलब्ध हुने जनाएकी छन् ।
इन्दु बर्माले पहिलोपटक पीएम कपमा कप्तानी गर्न लागेकी हुन् । उनले नेपालका लागि ५६ वटा टी२०आई खेलेकी छन् ।
प्रतिक्रिया 4