+
+

हुम्लामा हिमपात, नेपालगञ्ज र सुर्खेतको उडान रोकियो

हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । हिमपातसँगै नेपालगञ्ज र सुर्खेतबाट हुने हवाइ उडान रोकिएको छ ।

नरजन तामाङ नरजन तामाङ
२०८१ पुष २८ गते २०:२१

२८ पुस, हुम्ला। हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ ।

बिहान ७ बजेबाट जिल्ला सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भएको हो ।

पश्चिमी वायु प्रभावसँगै हुम्लामा पनि हिमपात भएको छ । सदरमुकाम सिमकोट हिमपात भएसँगै नेपालगञ्ज र सुर्खेतबाट हुने हवाइ उडान रोकिएको छ ।

निजी क्षेत्रका हवाई सेवा हिमपातका कारण उडान भर्न सकेका छैनन् ।

उत्तरी नाम्खा गाउँपालिकाको लिमि अलि बढी हिँउ जमेको नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।   

हिँउ जमेपछि यहाँका नागरिकहरुलाई बालीनालीमा राम्रो हुने भएको वडाध्यक्ष तामाङले बताए ।

योभन्दा पहिला बढी हिउँ परेको थियो यस पटक अलि कमै हिँउ परेको तामाङको भनाइ छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?