
२८ पुस, काठमाडौं । धापासी जेसीजको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । धापासी जेसीज वर्ष २०२४ का अध्यक्ष प्रबल गौतमले वर्ष २०२५ का अध्यक्ष सुजिना डंगोललाई पदभार हस्तान्तरण गराए ।
पदभार हस्तान्तरण तथा सम्मान कार्यक्रममा जेसीज पूर्वअध्यक्ष शिवराज खनालले लोकतन्त्र र देशको सुशासन प्रवर्धनमा युवाहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
नवनिर्वाचित अध्यक्ष डंगोलले यो वर्ष नेपाल जेसीजका विभिन्न चार विधाभित्र रहेर उत्कृष्ट कार्यहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् । युवा उद्यमशिलता, अन्तर्राष्ट्रियस्तरको तालिम, स्वास्थ्य शिविरहरू तथा टोखा नगरपालिकाको संस्कृति प्रवर्धन तथा सामाजिक सेवाको क्षेत्रमा प्रभावकारी कार्ययोजनासहित काम गर्ने उनको भनाइ थियो ।
उनले धापासी जेसीजको महासचिवमा अर्जुन गिरी, कोषाध्यक्षमा दिवाकर सुवेदी र कानुनी सल्लाहकारमा रिता केसी. भण्डारीलाई नियुक्त गरिन् ।
वर्ष २०२५ का अन्य पदहरू १९औं अधिवेशनबाट निर्विरोध निर्वाचित भइसकेका छन् । कार्यकारिणी उपाध्यक्षमा विपुल घिमिरे र ईन्द्रजितकुमार यादव तथा उपाध्यक्षमा डा. सिजन कोर्जु, अमृत भण्डारी, संगीता भार्ट र कामनाकुमारी रेग्मी निर्विरोध निर्वाचित भइसकेका छन् ।
समारोहमा धापासी जेसीजका विभिन्न कार्यमा सहयोग पुर्याउनेहरूलाई सम्मानसमेत गरिएको थियो ।
प्रतिक्रिया 4