+
+

शालीनदीमा स्नान (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ पुष २९ गते १०:३६

२९ पुस, काठमाडौं । आजदेखि स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा सुरु भएको छ । हरेक वर्षको पौष शुक्लपूर्णिमादेखि सुरु भएर माघ शुक्लपूर्णिमामा स्वस्थानी व्रत कथा सकिन्छ ।

स्वस्थानी एवम् माधवनारायणको पूजा सुरु भएसँगै आज बिहानै काठमाडौंको साँखुस्थित शालीनदीमा पुगेर व्रतालुले स्नान गरेका छन् । शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पुण्य कमाइने धार्मिक विश्वास छ ।

शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

          

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?