२९ पुस, काठमाडौं । एन्फा यू-१६ युथ लिगमा नेपाल पुलिस क्लबले पुनरागमन जित हासिल गरेको छ । लिगअन्तर्गत सोमबार एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले मच्छिन्द्र एफसीलाई २-१ ले पराजित गरेको हो ।
१-० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै पुलिसले खेल जितेको हो । पुलिसको जितमा समिर राई र नसिब हेन्जनले एक-एक गोल गरे । मच्छिन्द्रका सौगात बोम्जनले एक गोल गरे ।
खेलको २४औं मिनेटमा सौगातले गोल गर्दै मच्छिन्द्रलाई पहिलो हाफमा १-० ले अगाडि राखे ।
दोस्रो हाफको ४८औं मिनेटमा समिरले तथा ५८औं मिनेटमा नसिबले गोल गरेपछि पुलिसको जित पक्का भयो ।
प्रतिक्रिया 4