+
+

बीआरआईमा लोन भन्ने शब्दै छैन : परराष्ट्रमन्त्री राणा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते १३:२७

२९ पुस, काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणाले बीआरआईमा ‘लोन’ भन्ने शब्द नै नरहेको बताएकी छन् ।

‘बीआरआई (हस्ताक्षर) २० हजार चोटि पढेर गरिएको हो । लोन शब्द भन्ने छैन । एड भन्ने छ । यो ग्रान्ट हो’, राणाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा भनिन् ।

समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र अमेरिका भ्रमणबारे छलफल गरिरहेको छ ।

छलफलमा सांसदहरूले बीआरआईबारे समेत चासो राखेका थिए । जवाफमा मन्त्री राणाले बीआरआईमा ‘लोन’ भन्ने शब्द नै नरहेको बताएकी हुन् ।

पोखरा विमानस्थल बीआरआई अन्तरगत हो कि होइन भन्ने पनि साम्सदहरुको प्रश्न थियो । जवाफमा मन्त्री राणाले पोखरा विमानस्थल बीआरआईमा हस्ताक्षर गर्नुभन्दा अगाडि नै अघि बढेको विषय भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?