+
+

सुनको भाउ सामान्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते ११:२८

२९ पुस, काठमाडौं । सुनको भाउ सोमबार सामान्य बढेको छ । तोलामा १ सय रुपैयाँमात्र बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार प्रतितोला १ सयले बढेर १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलाको १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत शुक्रबार तोलाको १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसको अघिल्लो दिन बिहीबार तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँ थियो ।

तर, चाँदीको भाउ भने स्थिर रहेको छ । आज तोलाको १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि यही भाउ थियो । गत शुक्रबार तोलाको १ हजार ८ सय ४५ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?