+

राखेपका नवनियुक्त उपाध्यक्ष आचार्यद्वारा पदवहाली

२०८१ पुष  २९ गते १७:०७ २०८१ पुष २९ गते १७:०७
राखेपका नवनियुक्त उपाध्यक्ष आचार्यद्वारा पदवहाली

२९ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले सोमबार पदवहाली गरेका छन् ।

उनलाई युवा तथा खेलकुद मन्त्रालयले सोमबारै मनोनयन पत्र हस्तान्तरण गर्नुका साथै खेलकुद मन्त्री तेजुलाल चौधरीले पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङलगायतले उपाध्यक्ष आचार्यलाई राखेपमा स्वागत गरेका थिए । पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल उपमहानगरपालिका-७ का आचार्यलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको थियो । आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष समेत हुन् ।

यसअघिका उपाध्यक्ष शिव कोइरालाको २०८१ साल साउन ११ गते पदावधी सकिएपछि राखेपको उपाध्यक्ष पद रिक्त थियो ।

राखेप उपाध्यक्ष

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय