+
+

सहकारीले ऋणी सदस्यको सम्पत्ति धितोमा बढी ऋण लिएर चलाउन नपाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते १८:२७

२९ पुस, काठमाडौं । सहकारीले ऋणीको सम्पत्ति धितोमा राखी अन्य निकायबाट ऋण लिँदा ऋणीले लिएको ऋणभन्दा बढी ऋण लिन रोक लगाइने भएको छ ।

अहिले सहकारी संस्थाले तेस्रो पक्ष धितोमा आफ्ना ऋणी सेयर सदस्यको धितोमा उसले लिएको ऋणभन्दा बढी ऋण लिएर भुक्तानी नगर्ने र संस्था सञ्चालकले दुरुपयोग गरेको ऋणको दायित्व उक्त ऋणीले लिनुपर्ने अवस्था छ ।

सहकारीका सञ्चालकले ऋणी सदस्यको सम्पत्तिलाई तेस्रो पक्ष धितो राखेर सहकारी बैंक वा अन्य निकायबाट ऋण लिने तर समयमा भुक्तानी नगर्ने अवस्था छ ।

त्यस्तो सहकारीबाट लिएको ऋण भुक्तानी गर्दा पनि सहकारीले ऋण नतिर्दा धितो दिने सदस्य पीडित बनिरहेका छन् । यस्तोमा बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गर्ने एकीकृत निर्देशन तथा मापदण्ड मार्फत राष्ट्र बैंकले त्यसमा रोक लगाउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?