+

प्रो कबड्डी जितेर आएका घनश्याम भन्छन्- एनकेएल खेल्न उत्साहित छु

२०८१ पुष  २९ गते १९:५८ २०८१ पुष २९ गते १९:५८
प्रो कबड्डी जितेर आएका घनश्याम भन्छन्- एनकेएल खेल्न उत्साहित छु

२९ पुस, काठमाडौं । नेपाली राष्ट्रिय कबड्डी टिमका कप्तान घनश्याम रोका मगरले केही समयअघि भारतमा सम्पन्न प्रो कबड्डी लिगमा हरियाणा स्टिलर्सबाट उपाधि जितेका थिए ।

च्याम्पियन सेलेब्रेसनपछि घनश्याम नेपाल आइपुगेका छन् । माघ ४ गतेदेखि काठमाडौंमा हुने नेपाल कबड्डी लिग (एनेकएल) मा काठमाडौं माभरिक्सको मार्की प्लेअर रहेका घनश्यामले एनकेएल खेल्न आफू उत्साहित रहेको बताए ।

‘नेपालमा पहिलो पटक कबड्डी लिग हुँदैछ । यो खेल्न म एकदम उत्साहित छु’ रेडर पिसनमा खेल्ने उनले सोमबार पत्रकारहरुसँगको कुराकानीमा भने ।

घनश्यामले पछिल्लो दुई सिजन हरियाणाबाटै प्रो कबड्डी खेलेका थिए । गत सिजन उपविजेता बनेपछि हरियाणाले उनलाई टिममा रिटेन गरेको थियो । यस सिजन भने हरियाणाबाट उनले उपाधि जित्ने अवसर पाए ।

घनश्यामले यस सिजन २ खेल मात्र खेल्न पाए । उनले चोटका कारण यस सिजन धेरै खेल खेल्न नपाएपनि च्याम्पियन टिम बन्दा खुशी लागेको बताए । ‘दुई सिजन प्रो कबड्डी खेल्दा राम्रो अनुभव भयो । चोटका कारण धेरै खेल खेल्न पाइन । तर पाएको अवसरमा आफ्नो शतप्रतिशत दिएँ’ उनले भने ।

उनले नेपालमा एनकेएल सुरु हुनु राम्रो रहेको भन्दै नेपालमा प्रतिभावान् खेलाडी रहेको बताए । यस्तै भविष्यमा आफू बाहेक अन्य खेलाडीले पनि प्रो कबड्डी खेल्न सक्ने सम्भावना रहेको उनले बताए ।

हाल राष्ट्रिय टिमको कप्तान रहेका घनश्यामले आफ्नै कप्तानीमा नेपाललाई बंगलादेशमा भएको बंगबन्धु कबड्डीमा उपविजेता बनाएका थिए । जहाँ उनी मोस्ट भ्यालुएबल प्लेअर घोषित भएका थिए ।

उनले सन् २०२३ मा बंगबन्धयु कबड्डीमार्फत नै राष्ट्रिय टिममा डेब्यु गरेका थिए । यस्तै जुनियर वर्ल्ड च्याम्पियनसिपमा उनले कांस्य पदक जितेका छन् ।

तीन दशकअघि परिवार नै भारत गएकोले घनश्याम भारतको हरियाणामै जन्मेका हुन् । उनको स्थानीय घर रोल्पा हो ।

नेपाल कबड्डी लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय